कर्णाली डेभलपमेन्ट बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २३:५७:११
१३ माघ, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विधुतिय भुक्तानी प्रणाली (NCHL-IPS), connectIPS र ConnectRTGS प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको छ ।
सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरेका छन् ।
NCHL-IPS प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने connectRTGS प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब connectIPS को वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।
कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्चात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ ।
नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित एनसीएचएलको NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS, National Payments Interface (NPI) र CORPORATEPAY प्रणालीहरू सञ्चालनमा रहेका छन् । साथै आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार
मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा १५० कागतीका विरुवाको वृक्षारोपण
चैत १४, २०८० बुधबार
महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
चैत १२, २०८० सोमबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार