चितवनका ९ व्यापारी ग्राहकलाई ठगेको अभियोगमा दण्डित
नेपालबहस संवाददाता
माघ १३, २०७७ बुधबार ०:४५:१४
१३ माघ, चितवन । चितवनका ९ व्यापारी ग्राहकलाई ठगेको अभियोगमा दण्डित भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले चितवनको नारायणगढमा रहेका बजारहरुको आज (मंगलबार) अनुगमन गरेको छ । अनुगमनका क्रममा नियम अनुसार मूल्यसूची नराख्ने यहाँका ९ वटा पसललाई कारबाही स्वरुप ३ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दीलिप खंग खत्वेका अनुसार बजारमा मूल्यसूची नराख्ने उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ५०/५० हजार रुपैयाँ जरीवाना गरिएको हो ।
त्यस्तै, भरतपुर २ मा रहेको एसएच ट्रेडर्स र भरतपुर १० मा रहेको ओम साइृराम प्लास्टिक सप्लायर्सलाई भने २०/२० हजार रुपैयाँँ मात्रै जरिवाना गरिएको छ । जरिवाना गरिएको उक्त रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन समेत दिइएको सूचना अधिकारी खत्वेको भनाई छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय चितवन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।
मूल्यसुची नराख्ने पसलहरु :-
१) भरतपुर ५ मा रहेको श्रेष्ठ कन्सर्न,
२) भरतपुर २ मा रहेको नेशनल ट्रेड बिजनेस,
३) भरतपुर २ मा रहेको एसएच ट्रेडस चुरा कस्मेटिक पसल,
४) भरतपुर २ मा रहेको विनोद एण्ड डिला इम्पोरियम,
५) भरतपुर २ मा रहेको चितवन पर्दा हाउस,
६) भरतपुर २ मा रहेको पलमी इन्जिनियरिङ इन्टरप्राइजेज
७) भरतपुर ३ मा रहेको गुप्ता धागो स्टोर्स
८) भरतपुर १० मा रहेको ओम साईराम प्लास्टिक सप्लायर्स
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार