कास्कीमा एकैसाथ खोप कार्यक्रम शुरु गरिने
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १२:१५:२२
१४ माघ, कास्की । गण्डकी प्रदेशका ११ वटै जिल्लामा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धकोे ‘कोभिसिल्ड’ खोप लगाउन शुरु गरिने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज साँझ पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका सबै जिल्लामा खोप सामग्री पु¥याइसकिएको र भोलिदेखि माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
मुख्यमन्त्री गुरुङले खोपको शुभारम्भ गर्ने र सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम शुरु हुने मन्त्रालयले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप लगाइने सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताए ।
उहाँका अनुसार यही माघ ११ गते गण्डकी प्रदेशका लागि ३९ हजार १३९ मात्रा भ्याक्सिन प्राप्त भएको र प्रदेश तह र जिल्लास्तरमा भण्डारण, ढुवानी र वितरणको योजना तयार गरिसकिएको छ । पहिलो मात्राको खोप दिएको एक महिनापछि अर्को मात्रा लगाइने छ । पहिलो चरणको खोप कास्कीमा पाँच हजार ६७१, गोरखामा एक हजार ८०८, बाग्लुङमा एक हजार ७७०, लमजुङमा एक हजार ५८२, तनहुँमा एक हजार ६९९, स्याङ्जामा एक हजार ५४१, नवलपुरमा एक हजार ५२, पर्वतमा एक हजार २३९, म्याग्दीमा ८४३, मुस्ताङमा २१९ र मनाङमा २०६ जना अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाइने जनाइएको छ ।
खोप प्राप्त भएपछि उच्चस्तरीय समन्वयतात्मक बैठक बसेर खोप कार्यक्रम सञ्चालन र परिचालन योजना, खोप ढुवानी र प्रादेशिक परिचालन टोली निर्धारण, खोप केन्द्र पहिचान र निर्धारण तथा जिल्ला र खोप केन्द्रलाई तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी शहर पोखरामा खोप लगाउने जनशक्तिको सङ्ख्या बढी रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पलाल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुआत गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
खोप कार्यक्रमका लागि प्रदेशबाट हरेक जिल्लामा विज्ञ टोलीको सहभागिता रहने र खोपको अवाञ्चिछत घटना भएमा प्राथमिक उपचार जिल्लामा गरिने र जटिल अवस्था भएमा प्रदेशस्थित ‘रिफरल’ अस्पतालमा पठाइने योजना सरकारको छ । गण्डकीमा हालसम्म एक लाख २५ हजार ४९७ जनाको कोरोना परीक्षण भएकामा १५ हजार ३३७ जना सङ्क्रमित भएको र १४ हजार ६७१ जना उपचारपछि निको भएको बताइन्छ । हाल यस प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या ४६४ रहेको निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार