मूल्यसूची नराखेका नौ व्यवसायिक फर्मलाई कारवाही
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १६:२४:४०
१४ माघ, चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यवसायिक फर्मलाई कारवाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मङ्गलबार नारायणगढका व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यवसायिक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार जरिवाना तोकिएका व्यवसायिक प्रतिष्ठानमा भरतपुर महानगरपालिका–५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नं २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर–२ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनीयरिङ इन्टरप्राइजेज र वडा नं ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।
यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका–१० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नं २ को एसएच ट्रेडर्सलाई रु २०/२० हजार जरिवाना तोकिएको छ । उनीहरूलाई संरक्षण कार्यालयले अनुगमनका क्रममा नै जरिवाना तोकेको हो । एक साताभित्र जरिवाना वाणिज्य बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार