पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १७:४०:२३
कास्की, १४ माघ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल सङ्घ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदै आएको छ । अवार्ड वितरण कार्यक्रमको तयारीका लागि मञ्चका अध्यक्ष गिरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समिति गठन गरिएको छ ।
मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरिएकामा सो समितिमा पत्रकार महासङ्घ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासङ्घका अध्यक्ष, विभिन्न खेलसम्बद्ध सङ्घका अध्यक्ष सदस्य हुनुहुन्छ ।
यसैगरी आर्थिक उपसमिति संयोजकमा मञ्च कोषाध्यक्ष शशिकुमार पौडेल, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव विजय नेपाल, मायाको चिनो, प्रमाणपत्र एवं प्राविधिक व्यवस्थापनमा उपाध्यक्ष रञ्जन अधिकारी, सांस्कृतिक उपसमितिमा सचिव राजाराम पौडेल, सङ्घसंस्था समन्वयमा कार्यसमिति सदस्य नारायण शाही, अतिथि सत्कारमा सदस्य कविता घर्तीमगर, भिडियोग्राफी÷फोटोग्राफीमा सदस्य गीता राना, स्वयंसेवकमा दीपक गोदार संयोजक हुनुहुन्छ ।
यसैगरी वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि प्रतिभा छनोट संयोजकमा पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा सदस्यमा त्रिभुवन पौडेल, विनोद लामिछाने, पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव विजय नेपाल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
गोपीचन्द्र पार्की शुक्रबार लन्डन जाने
चैत २८, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार