वामदेवले थाले एकता अभियान
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १८:४५:३५
१४ माघ, काठमाडौं । नेपाली राजनीतिमा सधैं विवादास्पद मानिने नेता हुन्–वामदेव गौतम । अस्थिर स्वभाव उनको परिचय हो । नेकपाका उपाध्यक्षसमेत रहेका गौतम विवादका बेला सधैं अस्थिर देखिए । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको लडाईंमा गौतम दिउँसो एउटा मोर्चामा हुन्थे भने साँझ फर्लक्क पल्टिन्थे । त्यसैले उनीकै कारण पार्टीले एउटा सोझो बाटो लिन सकेन ।
साँझ भैंसेपाटी गठबन्धन बनाउने गौतम बालुवाटार पुगेपछि भने कित्ता फेर्न तयार देखिन्थे । त्यसैको प्रभावले गर्दा ओलीले यत्रो प्रतिगमन गर्ने आँट र भरोशा पाएका हुन् । प्रतिनिधिसभा विघटन गरिसकेपछि नेकपा दुई फ्याक भयो । तर गौतम भने कतै खुलेका छैनन् ।
हिजै मात्र उनले जसले अध्यक्ष पद दिन्छ त्यतै जाने भनेको समाचार आयो । यद्यपि साँझ उनको सचिवालयले त्यसको खण्डन गरेको छ । तर गौतमलाई नजिकबाट चिन्नेहरु भन्छन्–पद बिनाको वामदेव कतै जाँदैनन् । त्यसैले उनले अध्यक्ष पद मागेको हुनसक्छ । तर गौतम भने अझैपनि आफू पार्टी एकताकै पक्षमा लड्ने भन्दै अभियान चलाउन अग्रसर भएका छन् । आज उनले आफ्नो अभियानको थालनी गरेका छन् ।
पार्टी एकता राष्ट्रिय अभियान नाम दिइएको उनको अभियान कत्तिको सार्थक होला,त्यो त आउने दिन प्रष्ट होला नै । तर गौतमको स्वभाव र चरित्र हेर्दा यो पनि एउटा फण्डा मात्र हो भन्ने धेरै छन् । आज ललितपुरस्थित सिद्धार्थ कटेजमा गौतमले यो अभियानको थालनी गरेका छन् । उनले चलाएको उक्त अभियानमा आज केही वाम नेता सहभागी भए । तर जनताले चिनेका नेताहरु भने कोही पुगेनन् ।
विगतमा गौतमसँगै निकट रहेका एक नेताले भने– वामदेवजी कतिबेला कोसँग सम्झौता गर्न तयार हुनुहोला अरु सबै रमिते हुनेछन् । कुनैपनि बेला राम्रो अफर आउने वित्तिकै अभियान त्यागेर सम्झौता गर्ने गौतमको स्वभावबाट ती नेता आजित छन् । त्यसैले आफ्नै विवेकले भने अनुसार, प्रचण्ड–माधव समूहमा लागेर क्रान्ति जोगाउने अभियानमा छन् ।
आजको एकता अभियानमा गौतमका साथ नेकपा केन्द्रीय सदस्य हरि पराजुली,कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन,पूर्व सांसद् माया ज्ञवालीलगायत केही नेता देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार