अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १९:१५:३०
१४ माघ, बलेवा। ‘विश्वभरिका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । काठेखोला गाउँपालिका–५ र ६ (साबिक बिहुँ गाविस)बाट संसारभरि रहेका बिहुँकोटेको भेलाले मञ्च गठन गरेको हो ।
गत जनवरी २४ मा सम्पन्न भेलाले पोर्चुगलमा रहेका गङ्गाराम कँडेलको अध्यक्ष रहेको मञ्च गठन गरेको छ । बिहुँबाट विश्वभर छरिएका सबैलाई एउटै मञ्चमा जम्मा गरेर बिहुँकोटको चौतर्फी विकासमा सहयोग गर्ने उद्देश्यले सङ्गठित भएको अध्यक्ष कँडेलले बताए । समितिलाई २०१ सदस्यीय वा आवश्यक परेमा थपघटसमेत गर्न सक्ने गरी प्रक्रिया अगाडि बढाउने मञ्चले जनाएको छ ।
बिहुँको दीर्घकालीन विकासमा योगदान दिन सक्ने सामाजिक व्यक्तित्वहरुलाई सो मञ्चमा जोड्न थालिएको कँडेलले बताए । साबिकको बिहुँकोट क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय शहरका रुपमा विकास गर्ने, यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सबै वर्ग, लिङ्ग, जात, धर्म, विचार र चिन्तनमा बाँधिएका बिहुँकोटे समेटेर अघि बढ्ने मञ्चले जनाएको छ ।
मञ्चको उपाध्यक्षमा गोविन्दप्रसाद कँडेल (जापान), देवराज कँडेल (अमेरिका), हिमबहादुर क्षेत्री (जापान), गङ्गा शर्मा ((क्यानडा), टीकाराम कँडेल (जापान), रामप्रसाद कँडेल (बेलायत) र फुलप्रसाद कँडेल (बेलायत) रहेको छ । महासचिवमा पशुपति कँडेल (अमेरिका), सचिवमा केशव रिजाल (स्पेन), भीम कँडेल (जापान), पूर्ण कँडेल (जापान) र केशव कँडेल (बेलायत) चयन भएको छ ।
कोषाध्यक्षमा मेघनाथ कँडेल (जापान) सहकोषाध्यक्ष अमर केसी (जापान), राजेन्द्र कँडेल (बेलायत) र कोषाध्यक्ष सूर्यछवि विक (पोर्चुगल) चयन भएको छ । सदस्य विभिन्न देशमा रहेका ८४ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार