आइतबार , फागुण २३, २०७७

युवकलाई खुँडा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

युवकलाई खुँडा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

१४ माघ, बझाङ ।  खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो ।

खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मंगलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय