उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २१:४:११
१४ माघ, काठमाडौं । चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मंगलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन् ।
मन्त्रालयलको तथ्याङ्कअनुसार इन्दिर सुगर मिलले मङ्गलबारसम्म रु ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । उक्त मिलको रु चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा रु एक करोड पचास लाख रकम जम्मा रहेको छ । यसैगरी रु आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा रु तीन करोड ४० लाख रकम जम्मा रहेको उनले जानकारी दिए।
अन्नपूर्ण सुगर मिलको रु १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंमा उखु किसानले आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले मंसिर ३० गते सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिनी मिलका सञ्चालकलाई कानून अनुसार कारवाही गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनपछि बक्यौता रकम भुक्तानी नगरेको भन्दै एकै व्यक्ति सञ्चालक रहेका अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालकलाई प्रक्राउ गरिएको थियो । मिलका सञ्चालक प्रक्राउ गरेपछि रकम भुक्तानी शुरु गरेको उक्त मिलको अन्य मिलको तुलनामा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी नै रहेको छ ।
लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मंसिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमति अनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगहरुले अझैँ उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
वीरगन्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार