आइतबार , फागुण २३, २०७७

देशभर २८३ कोरोना संक्रमित थपिए

देशभर २८३ कोरोना संक्रमित थपिए

१४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार ४ हजार ३८२ नमुना परीक्षण गर्दा २८३ मा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । यसैगरी बुधबार ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको प्रवक्ता गौतमले बताए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित निको भएका छन् । हाल निको हुनेको संख्या २ लाख ६५ हजार ६९ रहेको छ । अहिले नेपालमा ३ हजार २८६ सक्रिय कोरोना संक्रमित रहेका छन् भने १२२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय