इन्फ्रास्ट्रकचर बैंकको आईपीओ बाँडफाँड शुक्रबार, ५० कित्तासम्म माग गर्ने सबैले शेयर पाउने

१४ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओ बुधबार प्रि अलटमेन्ट भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधबार सम्पन्न भएको प्रि अलटमेन्टको आधारमा ५० कित्ता माग गर्ने सबै जनाले माग गरे अनुसार नै शेयर पाउने भएका छन् ।
अन्य ४९ लाख २० हजार ७२० कित्ता शेयर भने ५० कित्ता भन्दाबढि माग गर्नेमध्येबाट गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।
यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन् ।
आज प्रि–अलोटमेन्ट गरेको आईपीओको शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया