
१४ माघ, सप्तरी । सप्तरीमा शिक्षकले अश्लील व्यवहार गरेको भन्दै अभिभावकहरुले स्कुल बन्द गरेका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका( ३ तरहीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रासँग अश्लील व्यबहार गरेको भन्दै अभिभावकले कारवाहीको माग गरेका छन् ।
विद्यालयमा निमावि तहमा कार्यरत शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत बालिकासँग अश्लील व्यबहार गरेको अभिभावकले बताएका छन् ।
गत सोमबार चौथो घण्टीको समयमा शिक्षक यादवले आफूसँग अश्लील व्यवहार गरेको बालिकाले बताएएकी छिन् । बालिकासँग अश्लील व्यबहार गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै अभिभावकले बुधबार विद्यालय सञ्चालन हुन नदिएका हुन् ।
प्रतिक्रिया