सिम्रौनगढमा सेनाकाे स्वास्थ्य शिविर, ५९७ स्थानीयवासी लाभान्वित
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार १३:५९:५७
१५ माघ, काठमाडौं । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् । सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्दननाथ गणको सहकार्यमा शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा पुग्नेमध्ये पेट, हाडजोर्नी, दीर्घरोग, दम, छाला र मोतियाविन्दुका बिरामीको सङ्ख्या बाक्लो रहेको सेनाले जनाएको छ ।
शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जनाएको छ । उक्त शिविरमा ५१ ले दाँतको उपचार सेवा लिएकामा अधिकाशले सेनाले उपलब्ध गराएको सेवाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उक्त शिविरबाट सेनाले आगामी दिनमा त्यसखाले शिविरमा आँखा, जनरल फिजिसियन, हाडजोर्नीका थप सेवा र विशेषज्ञको आवश्यकता महसुस भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सैनिक मञ्च टुंडिखेलमा सेनाले मनायो वार्षिकउत्सव
फागुन २५, २०८० शुक्रबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार