चार करोडको लागतमा ध्यानशालाको निर्माण सम्पन्न
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार १९:१५:५५
१५ माघ, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलातीमा बहुउद्देश्यीय योजनाअन्तर्गत इकोमेडिकेशन पार्क (ध्यानशाला) को निर्माण सम्पन्न भएको छ ।
पहिलो चरणमा रु चार करोडको लागतमा करीब ५०० जना अटाउने सुविधा सम्पन्न ध्यानशाला भवनको निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए । वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १२ करोडको बजेटबाट तीन वर्षभित्र सम्पन्न हुनेगरी गत वर्षदेखि निर्माण शुरु भएको थियो । सुनकोशी सालधारी सामुदायिक वन क्षेत्रभित्र हुने उक्त स्थानमा यस वर्ष सुनकोशीस्थित कपेश्वर महादेव मन्दिर परिसरबाट भवनसम्म पुग्ने रेलिङसहितको दुई किलोमिटर सिँढीको लागि बोलपत्र आह्वान गरिएको बताइएको छ ।
आगामी वर्षभित्र त्यहाँस्थित बोक्से भन्ने स्थानमा अवस्थित प्राचीन गुफामा शिवको प्रतिमा स्थापना गर्ने लक्ष्य रहेको छ । त्यसैगरी बालउद्यान, वनभोजस्थल र बौध स्तुपासमेत निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले बताए । त्यहाँ निर्माण हुने संरचनाको लागि वन समिति, उद्योग वाणिज्य सङ्घ, सम्बन्धित वडाका वडाध्यक्ष र सव डिभिजन वन कार्यालयका प्रतिनिधि समावेश समितिबाट अनगुमन गरिने व्यवस्था मिलाइएको छ ।
सबैलाई समेट्ने गरी ध्यानशाला निर्माण हुन लागेको बताउँदै नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले अहिलको तानवयुक्त जिवनबाट उन्मुक्ति पाउन ध्यानतिर अकार्षित हुँदै गएको छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार