कोरोनाका कारण विदेशी मुद्रा सटही व्यवसाय शून्यतामा
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २०:७:१७
१५ माघ, गण्डकी । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
“मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध छन्, झण्डै १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाले व्यवसाय ठप्प त पा¥यो नै, धेरै जनाको रोजगारीसमेत प्रभावित भएको छ ।”
बढ्दो विदेशी पर्यटकको आकर्षणसँगै मनि मुद्रा सटहीहरू खुल्न थालेको पर्यटन व्यवसायी बताउँछन् । मुद्रा सटहीलाई व्यवस्थित बनाउनका लागि विसं २०५४ मा यहाँ एशोसिएशन बनाएर सबै व्यवसायीलाई एउटै छातामा आवद्ध गराइएको अध्यक्ष भण्डारीले बताए । करिब एक दशक अघिसम्म पोखरामा मनि सटही खुल्ने क्रम बढेको उल्लेख गर्दै उहाँले त्यस क्रममा ५० को हाराहारीमा मनि सटहीहरू पुगेको बताए ।
“पछिल्ला वर्षमा एटिएम कार्डको बढ्दो प्रयोगले पनि यो व्यवसाय प्रभावित भएको छ”, उनले भने, “पर्यटक आउनासाथ सबैभन्दा पहिले पुग्ने स्थान मुद्रा सटही नै हो, त्यसैले पनि यो पर्यटनको महत्वपूर्ण पाटोजस्तै बनेको छ ।” बैंकिङ संस्थाहरूको बढे पनि बिहानदेखि बेलुकासम्म पर्यटकका लागि मुद्रा सटही गरेर मनि चेन्जरहरूले ठूलै योगदान पु¥याएको भण्डारीको भनाइ छ । उनका अनुसार सटही विनियमावली २०७७ ले मनि सटहीरहरूले पल्स मेसिनको प्रयोग गरी डेबिट, क्रेडिट कार्डका साथै भिजा कार्डबाट भुक्तानी दिने व्यवस्था मिलाएको छ ।
कोरोनाको कहरसँगै कतिपयले त संस्था नै बन्द गरेर बसेको मनि चेन्जर एशोसिएशन पोखराका पूर्वकोषाध्यक्ष एवं श्रेष्ठ मनि चेन्जर प्रालिका सञ्चालक कृष्णकुमार श्रेष्ठ बताउछन् । विदेशी पर्यटनको आगमन ठप्प हुनुका साथै बढ्दो एटिएम कार्डको प्रयोगले व्यवसाय प्रभावित भएको बताउँदै उहाँले यसले गर्दा मुद्रा सटहीले विगतमा दिएको रोजगारीलाई पनि सङ्कटमा पारेको उल्लेख गरे । पर्यटनमा विगतदेखि नै मुद्रा सटहीहरूले महत्वपूर्ण योगदान गर्दै आएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार