४४१ सदस्यीय नेकपा मात्रै वैधानिक हाे : नेपाल
नेपालबहस संवाददाता
माघ १५, २०७७ शुक्रबार २:३९:५
१५ माघ, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बुटवलमा आज आयोजित सभामा नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले सरकारले नेपाली जनताको भावना र चाहना नबुझेको र यसबाट समस्या भएको बताए ।
उनीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको र सरकारले समय तोके पनि निर्वाचन हुन असम्भव रहेको विचार व्यक्त गरे । सभामा नेकपाका अध्यक्ष नेपालले ४४१ सदस्यीय नेकपा मात्रै वैधानिक रहेको भन्ने निर्वाचन आयोगको निर्णयले आफ्नो समूह नै मुख्य पार्टी भएको जिकिर गरे । “निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मूल पार्टी हो भनेको छ । त्यसैले हामी नै मूल पार्टी हौँ ”, पूर्वप्रधानमन्त्री नेपालले भने ।
अर्का अध्यक्ष दाहालले पार्टी एकताको मर्मविपरीत प्रधानमन्त्रीले तीन वर्ष नबित्दै सहमति तोड्ने काम गरेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको बाटामा अघि बढाउनाको साटो प्रतिनिधिसभा नै भङ्ग गरेर जनचाहनाविपरीत काम गरेको धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान र लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा आउन सबैलाई अपिल गरे ।
पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसालले समृद्धि र समाजवादतर्फ अघि बढ्नुपर्नेमा सरकार गलत बाटामा हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले पार्टीले लिएको बाटो छाडेर एक्लै अगाडि बढ्न खोज्दा समस्या सिर्जना भएको टिप्पणी गर्दै पूर्वमन्त्री भुसालले पार्टीविरुद्ध पनि आवाज उठाउन तयार हुनुपर्ने अवस्था आएको बताए ।
अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारले माओवादी जनयुद्ध र त्यसमा सहभागी घाइते अपाङ्गता भएका पूर्वलडाकुलाई राहत र उपचार गर्न नसकेको भनाइ राखे । सभामा नेकपाका नेता युवराज ज्ञवाली, चक्रपाणि खनाल, ओनसरी घर्तीलगायतले जनचाहनाविपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार