डब्लुएचओ टोलीको क्वारेन्टाइन अवधि अन्त्य
नेपालबहस संवाददाता
माघ १५, २०७७ शुक्रबार ३:१९:६
१५ माघ, बेइजिङ । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन ‘डब्लुएचओ’को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ ।
“उनीहरुका सवै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरिएको थियो,” प्रवक्ता लिचिनले भने । कोरोना भाइरसको उत्पत्ति भएको मानिएको देशमा त्यसको उत्पत्तिको बारेमा अध्ययन गर्न भन्दै डब्लुएचओको टोली चीन आएको हो । टोलीले क्वारेन्टाइनबाट निस्किएपछि बिहीबारदेखि नै आफ्नो अध्ययन कार्य सुरु गरेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
यो टोलीलाई कोरोनाभाइरसको उत्पत्तिसम्वन्धी सत्यतथ्य पत्ता लगाउने टोलीका रुपमा लिइएको छ । क्वारेन्टाइनबाट निस्किएपछि उनीहरुलाई चिनियाँ पक्षले अध्ययनका लागि अव चाहेको ठाउँमा जान स्वीकृति दिइने भएको छ ।
अध्ययनका क्रममा पनि डब्लुएचओको टोलीले सामाजिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका नियम भने निरन्तर पालना गर्नु पर्ने जनाइएको छ । सिन्ह्वा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार