आइतबार , जेठ २, २०७८

पहाडमा आंशिक बदली, तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो

पहाडमा आंशिक बदली, तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो

१६ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा शुक्रबार राति पनि हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान देशका केही पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

पहाडमा हिमापातको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय