शनिबार , जेठ १, २०७८

प्रचण्ड–माधव समूह आयोग जाँदै

प्रचण्ड–माधव समूह आयोग जाँदै

१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगले टुंगो लगाउन नसकेपछि आज दुबै पक्षलाई डाकेको बैठकमा सहभागी हुने नहुने विषयमा लामो छलफलपछि प्रचण्ड–माधव समूह जाने भएको छ ।

अहिले साढे ११ बजेका लागि डाकिएको बैठकमा सहभागी नहुने पक्षमा केही नेता रहेपनि अन्ततः सहभागी भएर आफ्ना कुरा राख्ने निश्कर्ष नेताहरुले निकालेका छन् । बिहान नेताहरु भेला भइ छलफल गर्दा आयोगको भूमिका सन्देहास्पद भएपनि बैठकमा गएर आफ्ना भनाई प्रष्टसँग राख्नु उचित हुने सहमति बनेको नेता राजेन्द्र पाण्डेले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आयोगले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएपनि त्यही कमिटीको दुई तिहाई सदस्यले गरेको निर्णय भने अमान्य भनेकाले प्रचण्ड – माधव समूह सशंकित बनेको हो । आज भएको सहमति अनुसार, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे ,लीलामणि पोखरेल, बेदुराम भूषाल,मुक्ति प्रधान र रामकुमारी झाँक्रीलाई पठाइने भएको छ ।

यस्तै प्रधानमन्त्री केपी ओली पक्षले पनि विष्णु पौडेल सहित सुभाषचन्द्र नेम्बाङ,कृष्णगोपाल श्रेष्ठ,रामेश्वर फुँयाल र विमला राईलाई आयोग पठाएको छ ।आयोगले दुबै पक्षका पाँच पाँच जना नेतालाई सहभागिताका लागि बोलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ १० घण्टा पहिले
चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण १४ घण्टा पहिले
मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग १६ घण्टा पहिले
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक १४ घण्टा पहिले
कामपाले कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता गर्ने कामपाले कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता गर्ने ५ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १५ घण्टा पहिले
प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने १४ घण्टा पहिले
काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले ९ घण्टा पहिले