आज शहिद दिवस
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १७:५३:३०
१६ माघ, काठमाडौं । आज माघ १६ गते, शहिद दिवस । जहानियाँ राणा शासनविरुद्ध बलिदानीपूर्ण संघर्षगाथा बोकेका शहिदहरुको सम्झना गरिने दिन हो । वि.सं. १९९७ माघ १० गतेदेखि १५ गतेसम्म चार सहिदको प्राण हरण गरिएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
तर पछिल्ला दिन शहिदको नाममा विकृत्ति छाएकोछ । सडक दुुर्घटनामा मारिएकाहरुदेखि चोरडाँकामा सजाय भोगेकाहरुसमेत अहिले शहिदको सूचिमा परेका छन् । त्यो स्मरण गर्दा धर्मभक्त, दशरथ , गंगालाल र शुक्रराज शास्त्रीको आत्माले नेपालीलाई पक्कै सराप्ने छ ।
विगतमा यो दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने चलन थियो । तर गणतन्त्र स्थापनासँगै यो प्रचलन हटाइयो । तर नामकै लागि भएपनि आज सरकारले शहिदको सम्झनामा केही फुलको गुच्छा समर्पण गरेको छ । यसका लागि आज विहानै राजधानीमा प्रभातफेरीको आयोजना गरियो । काठमाडौं महानगरपालिकाको संयोजनमा उक्त प्रभातफेरीको आयोजना गरिएको हो ।
शहिदको स्मरणमा नेपाल प्रहरी र नेपाली सेनालेसमेत मार्च पास गरेका छन् । लैनचौरस्थित शहिद उद्यानमा प्रधानमन्त्री केपी ओली समेत सहभागी भएका छन् । ओलीका साथ उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासमेत उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
हिरामाण्डीको विशाल सेट तयार गर्न सात महिना !
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार