‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १८:६:२
१६ माघ, कर्णाली । कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पुर्याएको योगदानलाई लिइएको छ । कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालीम, शव व्यवस्थापनदेखि खोपलगायतका सेवा प्रवाहको उल्लेख्य प्रभाव रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उल्लेख गरियो ।
‘कोभिड–१९’ रोगको हालसम्मको प्रगतिको समीक्षा तथा कोभिड खोप’ सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारकोे प्रभाव राम्रो रहेको बताए । उनले महाव्याधिमा तीन तहका सरकारको यथोचित र शीघ्र व्यवस्थापन प्रभावकारी बनेकाले ठूलो क्षति हुन नपाएको हो भने ।
उनले कर्णालीका १० जिल्लाका १२ अस्पतालबाट ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरेको उल्लेख गर्दै सुर्खेतमा पहिलो चरणमा दुई हजार ८०० नागरिकलाई लगाइने जानकारी दिए । उनले १८ वर्षभन्दामुनिकालाई यो खोप लगाउने मापदण्ड उल्लेख नभएकाले र अति शीघ्र एलर्जी भएका, गर्भवती, स्तनपान गराउने, गर्भधारण गर्ने इच्छा भएकाले यो खोप लगाउन नमिल्ने बताएका छन् । उनका अनुसार पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो चरणमा पनि त्यही खोप लगाउनुपर्छ ।
कर्णालीमा कोरोना भाइरस सङ्क्रमण परीक्षण गरिएका करीब ९७ हजारमा ३३ हजार सुर्खेतकै गरिएको जनाउँदै हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २९ पुग्दा २३ जना सुर्खेतका नागरिकले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसीले परीक्षण गर्नलाई ‘कोभिशिल्ड’ खोप नेपाल पठाएको भन्ने गलत प्रचारमा नलाग्न सबैसँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार