भैँसीपालनबाट वार्षिक सातलाख आम्दानी
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १८:४०:३०
दाङ, १६ माघ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् ।उनी विगत सात वर्षदेखि व्यवसायिकरुपमा भैँसीपालन गरेर सफल बनेकी हुन् । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छिन् । उनले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिएको छ । उनी पशुपालनबाट सन्तुष्ट हुनुहुन्छ । उनी भन्छिन्, “गत वर्ष सबै खर्च कटाएर वार्षिक करीब रु सात लाख बचत भयो । यस वर्ष कोरोनाका कारण केही नोक्सान भयो । अहिले भने राम्रो छ । ”
उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । उनी प्रायः भैँसीका पाडापाडीको स्याहारसुसारमा धेरै व्यस्त देखिन्छिन् । परम्परागतरुपमा खेतीपाती गर्दै आएकी उनले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा भैँसीपालनको शुरुआत गरेको थियोे । उनी भन्छिन् “शुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरीद गरी भैँसीपालन गरेका हौँ अहिले भने फममा साना ठूला गरी २८ वटा मुर्रा जातका भैँसी रहेका छन् । तीमध्ये १० दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा छन् । ” उनले अहिले भैँसीले दैनिकरुपमा दिनेगरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ भने केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको जाकारी दिइन्।
दाङमा प्रतिलिटर दूधको फुटकर मूल्य रु ८०
मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताइन् । उनी भन्छिन्, “यस अघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने वाध्यता थियो । अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” सोही फर्ममा मल किन्न गएकी तुलसीपुर–६ गोलौराकी ३८ वर्षीया पूर्णिमा बस्नेतले आफूले अर्गानिक तरकारी खेती गर्दै आएकाले भैँसीको मल लिन आएको जानकारी दिइन्।
उनी भन्छिन्, “एक ट्र्याक्टर मललाई रु तीन हजार ५०० पर्दोरहेछ खुशी लाग्यो अब लगेर हिउदे तरकारी खेती गर्छु ।” उनको फर्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ ।
आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि सात लाख बचत गर्न सफल भएका उनले बताइन् । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको जानकारी दिइन् ।
“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन” “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट भैँसीपालक किसान भनेर पुरस्कृत गर्यो, त्यसबाट थप हौसला मिलेको छ”, उनी भन्छिन् । अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरीदको लागिसमेत मानिस आउने गरेका छन् ।
पढेलेखेका पैसा कमाउनकै लागि जागीर खानै पर्छ अथवा विदेश नै जानुपर्छ भन्ने छैन उहाँको सुझाव छ । उनी पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भन्नुहुन्छ । यसको लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा छ । उत्पादित सामग्रीलाई उचित बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उहाँको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार