आजदेखि बागलुङमा दाबी विरोधको काम शुरु
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १८:४२:४६
१६ माघ, बलेवा । मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ । निर्वाचन आयोगको कार्यसूचीअनुसार आजदेखि मतदाता अद्यावधिक तथा दाबी विरोधको काम शुरुआत भएको हो ।
जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरेर कार्यालय मतदाताको अद्यावधिका लागि दाबी विरोधको समय तोकेको छ । “कसैको दोहोरिएको वा नपरेको भए माग दाबी पेस गर्न भनेका छौँ”, निर्वाचन अधिकारी शिवराम शर्माले भने, “नाम नमिलेको, नागरिकतासँग भिडाउँदा नमिलेको वा अन्य कुनै कारण भए खुलाउन समय दिइएको हो ।” दाबी विरोधका लागि तीन दिनको समय तोकिएको छ । बागलुङमा पछिल्लो विवरणअनुसार एक लाख ८२ हजार ९९३ मतदाता रहेका छन् ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक लाख ६७ हजार २८२ थिए । पछिल्लो तीन वर्षमा १५ हजार ७ ११ मतदाता थपिएका छन् । तीमध्ये ९५ हजार २१ महिला र ८७ हजार ९७२ पुरुष रहेका छन् ।
“मतदाता नामावली दर्ता भएकाको सङ्ख्या धेरै छ तर १८ वर्ष उमेर पुगेपछि मात्रै मतदान प्रक्रियामा सहभागी हुन मिल्ने भएकाले सबै समावेश भएनन्”, उनले भने, “महिलाको सङ्ख्या पहिलेदेखि नै बढी देखिन्छ ।” विसं २०७४ को आमनिर्वाचमा ८७ हजार ४०३ महिला मतदाता हुँदा पुरुषको सङ्ख्या ७९ हजार ८७९ रहेको थियो । “दाबी विरोधको समय सकिएपछि सफाइको मौकाका लागि दुई दिनको समय हुन्छ”, उनले भने, “आयोगको निर्देशनअनुसार निर्वाचनका बाँकी प्रक्रियागत काम हुनेछन् ।”
जिल्लाका दुई निर्वाचन क्षेत्रमा १०३ मतदानस्थल तोकिएको छ । सदरमुकाम बागलुङ बजारलगायतका जनघनत्व धेरै भएका पालिका मुकामका मतदानस्थल धेरै रहेको कार्यालयले जनाएको छ । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्रको सङ्ख्या थप भएको भए पनि मतदानस्थल भने साविककै रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
सङख्याका आधारमा मतदान केन्द्र भने २१९ पु¥याएको छ । “मतदानस्थलनै थप गर्ने गरी सङ्ख्या बढेको छैन, मतदाताको विवरण अध्यावधि भएपछि थप के गर्ने भन्ने टुङ्गो लगाउन सकिन्छ”, उनले भने, “अहिलेलाई अनुमानकै आधारमा काम भइरहेका छन् ।” जिल्लामा प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनपश्चात् सुनसान रहेको कार्यालयले आम निर्वाचन घोषणापछि धमाधम काम थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार