कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १८:४५:४६
१६ माघ, कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो ।
“माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेका छौँ”, कार्यालयका प्रमुख उदयराज जोशीले भने, “कार्यक्रमअनुसार माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भइसकेको छ ।”
उनका अनुसार कार्यक्रम झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा यही माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको उनले बताए ।
मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसित छलफल गरिसकेको छ । कार्यालयले छलफलपछि गरी कार्यक्रम अगाडि बढाइएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ जना मतदाता रहेका छन् ।
एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । मतदान केन्द्र पुनरावलोकनको कार्यसमेत निर्वाचन कार्यालयले गरेको छ । जसअनुसार एक हजार मतदात नबढ्ने गरी मतदान केन्द्र र सात हजार मतदाता नबढ्ने गरी मतदानस्थल निर्धारण गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणाअनुरुप कार्यक्रम सञ्चालन गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार