राष्ट्रिय वाणिज्य बैंकको नाफा ४६ करोडले घट्यो
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १९:२८:१४
१६ माघ, काठमाडौं । यतिबेला बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसमध्ये शुक्रबार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रिपोर्ट सार्वजनिक गरेको हो ।
पुष मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विरण हेर्दा नाफा घटेको छ । बैंकको नाफा २१ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७४ करोड ८८ करोड ५९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।अघिल्लो बर्ष बैंकले २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ मुनाफा गरेकोमा यो वर्ष बैंकको नाफा ४६ करोडले घटेको हो ।
पुष मसान्तसम्ममा बैंकले २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६४ करोड ९८ लाख रुपैयाँ घटेर २ अर्ब ४१ करोड ५६ रुपैयाँमा सीमित भएको छ ।
पुष मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८० करोड ४४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानी नाफा घटेसँगै १०.२३ रुपैयाँले घटेर ३८.८४ रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ६० करोड ६२ लाख रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार