शनिबार , जेठ १, २०७८

‘ज्यानमारा हिमाल’ आरोहण गरेर फर्किएकाहरुलाई महालक्ष्मी बैंकले गर्यो नगदसहित सम्मान

‘ज्यानमारा हिमाल’ आरोहण गरेर फर्किएकाहरुलाई महालक्ष्मी बैंकले गर्यो नगदसहित सम्मान

१६ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउद याम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

२०७७ माघ १६ गते शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई रु.पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए। उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय