शनिबार , जेठ १, २०७८

गभर्नरकाे उपस्थितिमा बल्खु तरकारी बजारमा एनएमबीको क्यूआर भुक्तानी सेवा सुरु

गभर्नरकाे उपस्थितिमा बल्खु तरकारी बजारमा एनएमबीको क्यूआर भुक्तानी सेवा सुरु

१६ माघ, काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रर्वधन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा QR मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे । बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको बैंकले जनाएकाे छ ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागी थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं ।’ बैंकका कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय