हामी नै आधिकारिक हौंः नेम्बाङ
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:४:३३
१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकता विवाद निरुपण हुन नसकेको अवस्था दुबै पक्षलाई छलफलका लागि आज निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी एउटा समूहले यसको टुंगो लागिसकेको दाबी गरेको छ ।
प्रधानमन्त्री केपी ओली समूहले आधिकारिकताबारे आयोगले टुंग्याइसकेको तर्क गर्दै अब दल दर्ता प्रकृयामा अगाडि बढ्न आग्रह गरेको छ ।छलफलका लागि आयोग पुगेका ओली समूहका नेता सुभाषचन्द्र नेम्बाङले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरे ।
छलफलपछि बाहिरिनेक्रममा नेम्बाङले पत्रकारहरुसँग कुरा गर्दै भने–आयोगले यसअघि नै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा आधिकारिक भनिसकेको छ । अब यसमा कुनै द्विविधा छैन । आगामी बैशाखमा निर्वाचन गर्ने गरी आयोगले काम थालिसकेको जानकारी आफूहरुले पाएको स्पष्ट गर्दै उनले सर्वाेच्च अदालतले अन्यथा गरेन भने तोकिएकै समयमा निर्वाचन हुनेछ, त्यसका लागि दल दर्ता गर्नेदेखि सबैखाले प्रकृया पूरा गर्न आयोग सकृय रहेको छ ।
तर यस सन्दर्भमा प्रचण्ड–माधव पक्षले भने अहिले कुनै छलफल नगर्ने जनाउ दिएर आयोगबाट बाहिरिएको थियो । सो समूहले माघ १८ गतेपछि मात्र छलफलमा भाग लिन सकिने जनाउ दिएको हो । साथै, आधिकारिकताबारे आयोग अझै अस्पष्ट भएको भनिएको तर ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएकाले यसमा थप विवाद आवश्यक नरहेको उनीहरुको तर्क रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार