शनिबार , जेठ १, २०७८

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि

१६ माघ,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् ।

शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देशमार्फत उनले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जहानीयाँ राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशको लागि आहूति दिने चार महान शहीदसहित तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने वीर सपूत सधैँ मुलुकका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ, उनकाे शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानको मर्म र भावनाअनुरुप सहअस्तित्व, सहकार्य र समन्वयको सिद्धान्तबमोजिम तीनै तहका सरकारबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त उपलब्धिबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उनले विश्वास व्यक्त गरेका छन् ।

मुलुकको समृद्धिको लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यस दिनले हामी सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ५ घण्टा पहिले
तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक ८ घण्टा पहिले
परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस १६ घण्टा पहिले
वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ ९ घण्टा पहिले
चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण १३ घण्टा पहिले
प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै १० घण्टा पहिले
मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ ६ घण्टा पहिले
राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह ५ घण्टा पहिले