फार्कका सदस्यमाथि युद्ध अपराधका घटनामा दोषी ठहर
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:३८:४०
१६ माघ, बोगोटा । कोलम्बियाको एक उच्च अदालतले फार्क विद्रोही आन्दोलनको नेतृत्व गरिरहेका आठ जना वरिष्ट सदस्यमाथि युद्ध अपराधको घटनामा दोषी ठहर गरेको छ । कोलम्बियामा दशकौं लामो चलेको सशस्त्र गृहयुद्धका क्रममा २१ हजारभन्दा बढी व्यक्तिको अपहरणमा उनीहरुको संलग्नता रहेको अदालतको भनाई छ ।
दोषी ठहर गरिएका आठ जना फार्कको सचिवालयका सदस्य छन् र यो फार्कको सबैभन्दा माथिल्लो निर्णायक निकाय हो । झण्डै ५० वर्षदेखि जारी रक्तपातपूर्ण फार्क आन्दोलन सन् २०१६ मा शान्ति सम्झौता भए पश्चात् फार्क नै विघटन भएको थियो । फार्कको राजनीतिक दल कमन पिपुल्स पार्टीका हाल प्रमुख रहनु भएका रोड्रिगो लोन्डोनोको नाम समेत युद्ध अपराधमा समावेश छ ।
साथै यस सूचीमा शान्ति सम्झौता बमोजिम फार्कका नेताहरुलाई संसदका लागि छुट्याइएका १० स्थानमध्ये दुई स्थानमा रहेका पाब्लो काटाटुम्बो र जुलियान गाल्लो पनि समावेश छन । फार्कका अर्का उच्च नेता अर्मिलो काब्रेरामाथि पनि युद्ध अपराधीको सूचीमा नाम थियो, तर उनको गत बुधबार निधन भएको छ ।
शान्ति सम्बन्धी विषय हेर्नेगरी गठित विशेष अदालतका न्यायाधीश जुलिएटा लेमाइटरले कुनै व्यक्तिको स्वतन्त्रता हनन् गर्नु र कसैलाई मुक्त गर्नुअघि विभिन्न शर्त राख्नु युद्ध अपराध हो भनेका छन्। यो अदालतले खासगरी फार्कका सदस्यको मुद्दा सुनुवाई गर्न र द्वन्द्वकालीन स्थितिमा भएका अपराधको अनुसन्धान गर्न गठन भएको हो ।
साथै अदालतले मानवता विरुद्धको अपराधका बारेमा पनि सुनुवाई गरेको छ भने हत्या, यातना, अमानवीय व्यवहार, व्यक्तिगत प्रतिष्ठामा आक्रमण, यौन हिंसा र जबर्जस्ती बिस्थापन जस्ता व्यवहारका बारेमा पनि अदालतले सुनुवाई गरेको थियो । यो अदालत सन् २०१७ मा गठन भएको थियो । कमन पिपुल्स पार्टीले भने विगतमा भएका घटनाप्रति क्षमायाचना गरिसकेको छ ।
कोलम्बियाका राष्ट्रपति इभान डुकुले देशभित्र कुनै पनि व्यक्ति समान रहेका र कसैलाई पीडा हुने तथा कोही पीडक स्वतन्त्र एवं खुलेआम घुम्ने परिस्थिति स्वीकार्य नहुने प्रतिक्रिया दिएछ । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार