वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:४७:३७
१६ माघ, चरीकोट । दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले बस उपलब्ध गराएको छ ।
वैत्येश्वर गाउँपालिका वडा नं ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो । रु २५ लाख रकमले खरीद गरेको बस बिहीबार प्रदेशसभा सदस्यमा विशाल खड्काले विद्यालयलाई हस्तान्तरण गरिएको छ । बयालिसको सिट क्षमता रहेको बस बुधबार विद्यालयमा आइपुगेको हो । बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थी दुई घण्टादेखि हिँडेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ । बस सञ्चालनमा आएपछि गैरिशङ्कर गाउँपालिका वडा नं २ का गैरी, टुनिबोटे, शीतलबस्ती र बैत्येश्वर गाउँपालिका वडा नं ७ का मार्वु, छापटारलगायतका विद्यार्थीलाई विद्यालय आउत जावतका लागि सहज हुने प्रधानाध्यापक पदमबहादुर जिरेलले जानकारी दिए ।
विद्यालयलाई बस हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य खड्काले नमूना सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले प्रदेश सरकारले स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअनुसार बस सहयोग गरेको र विद्यालयले सही प्रयोग गरी विद्यार्थीलाई सुविधा दिनका लागि आग्रह गरे ।
विसं २०२३ मा प्राविका रुपमा स्थापना विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययन गर्नेछन् । बस सञ्चालनका लागि प्रधानाध्यापक जिरेलको संयोजकत्वमा तीन शिक्षक, सवारी चालक र सहचालक रहने गरी समिति गठन गरेको छ । बस सञ्चालनका लागि छोटो दूरीका विद्यार्थीले ४०० देखि लामो दूरीका विद्यार्थीले ९०० सम्म मासिक शुल्क तिर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले बताए ।
गाउँपालिकाको वडा नं ७ मार्वु छापदेखि गौरीशङ्कर गाउँपालिकाको वडा नं २ सम्म १४ किलोमिटर सडकमा बस सञ्चालन गर्न सकिने वडाध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार