शनिबार , जेठ १, २०७८

एक करोड ५० लाखको लागतमा बुद्ध मूर्ति स्थापना

एक करोड ५० लाखको लागतमा बुद्ध मूर्ति स्थापना

१६ माघ, चौतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालीकामा ढलौटको बुद्ध मूिर्तको स्थापना गरिएको छ ।वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा रु एक करोड ५० लाखको लागतमा खम्बासहित ३८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गरिएको हो । दुई रोपनी जमिनमा उद्यानसमेत निर्माण गर्न वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएकामा उद्यानको काम हुन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए।

त्यसैगरी बाह्रबीसे बजारदेखि धुस्कुन हुँदै पिस्करसम्मको १५ दशमलव पाँच किलोमिटर सडकको स्तारोन्नतिसहितको काम गत साउनदेखि शुरु भएको छ । सङ्घीय र वग्मती प्रदेशको रु ३९ करोड ६० लाखमा नालीसहित आठ मिटर चौडाइको सडकमा कालोपत्र गरिने छ । सडकको काम २६ महिनाभित्र सम्पन्न गर्नेगरी कान्छाराम कन्स्ट्रक्सन प्रालीसँग ठेक्का सम्झौता भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त सडक खण्डको अग्रभागमा पर्ने सुनकोशी बजारबाट धुस्कुन जोड्ने सुनकोशी नदीमा निर्माण भइरहेको पक्की पुलको काम ठेकदारको लापरवाहीले अलपत्र अवस्थामा रहेको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । पुलको तीन वटामध्ये दुई वटा खम्बा चर्केको भएपछि सडक विभागले भत्काउनुपर्ने निर्देशन दिए पनि ठेकेदार कम्पनी पदम लामा कन्स्ट्रकसनले अटेर गरी लामो समयदेखि काम रोकिएको जनप्रतिनिधिको भनाइ छ ।

सडक विभागबाट दुई वर्षभित्र सम्पन्न हुनेगरी सात वर्षअघि ठेक्का सम्झौता भएको थियो । शुरुमा पुल राख्ने स्थानको विवादले तीन वर्षसम्म काम रोकिएको र अहिले पनि सडक विभागसँग विवाद भएकाले म्याद थप गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह ५ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १५ घण्टा पहिले
निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन १३ घण्टा पहिले
सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! ४ घण्टा पहिले
वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ वीरको नयाँ भवन अक्सिजन अभावले सञ्चालनमा कठिनाइ ८ घण्टा पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ६ घण्टा पहिले
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा १५ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? ११ घण्टा पहिले