रामकोटमा सूचना लिन कटुवाल परम्परा कायमै
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २३:२१:५३
१६ माघ, तनहुँ । बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने ‘कटुवाल’ पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आउनुभएको छ ।
सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए। बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उहाँ बताउछन । गाउँ समाजमा हुने बैठक, पूजाआजा, झैझगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन् ।
वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आले बताए। मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन् ।
ऐतिहासिक रामकोट
रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलका रुपमा परिचित छ । सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
गत वर्ष उक्त स्थानमा होमस्टे ‘घरबास’ सञ्चालनमा ल्याइएको छ । गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हुँदै गएको छ । गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु १० लाख विनियोजन गरेको थियो ।
गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालीम र पुरुषलाई कालीगढसम्बन्धी तालीमहरु प्रदान गर्दै आएको उनले जानकारी दिए । गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरु पनि गाउँ फर्किन थालेका छन् ।
उनका अनुसार यस वर्ष पनि होमस्टेका रु १० लाख विनियोजन भइसकेको छ । नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार