आइतबार , जेठ २, २०७८

बालज्योति माध्यमिक विद्यालयमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

बालज्योति माध्यमिक विद्यालयमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

१७ माघ, दमक । इलामको चुलाचुलीस्थित बालज्योति माध्यामिक विद्यालयको मञ्चमा एकैपटक बिदाइ र स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बालज्योति साथिसाथि बालक्लवको आयोजना र कक्षा १० (२०७७) को संयोजनमा सहिद दिवसको अवसरमा हिजो आयोजित कार्यक्रममा कक्षा १० (२०७६) लाई बिदाइ र दरबन्दी मिलानमा बालज्योति मावि आइपुग्ने शिक्षकहरू क्रमशः गोपिकृष्ण आचार्य, भक्तेश्वरी सापकोटा, सोमवती फुयल, साबित्रा पोखरेल र देबि श्रेष्ठ तथा विद्यालयको आन्तरिक स्रोतबाट नियुक्त शिक्षक जेम्स लिम्बूलाई एकैसाथ स्वागत गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विविध गीत तथा नृत्यको प्रस्तुति सँगै अगाडि बडेको कार्यक्रममा बिदाइ भइजाने विद्यार्थीहरूलाई बालक्लव अध्यक्ष जितबहादुर तामाङले मायाको चिनो प्रदान गरेका थिए भने बिदाइ भएर जाने विद्यार्थीहरूले समेत विद्यालय तथा कक्षा १० मा शिक्षण गर्ने बिषय शिक्षकहरूलाई समेत मायाको चिनो प्रदान गरेका थिए ।

student6

बालक्लव अध्यक्ष जितबहादुर तामाङको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सेतुप्रकाश राई प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा शिक्षक अभिभावक संघका अध्यक्ष खगेन्द्र पोडेल, प्रधानाध्यापक पदमकेशर लिम्बू, विद्यालय व्यवस्थापन समितिका सदस्य शुभमाया राई लगायत रहेका थिए।

student0

साकेला नृत्यबाट स्वागत गर्दै शुरूभएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षकको तर्फबाट मेघनाथ सुवेदीले र बालक्लवको तर्फबाट उपाध्यक्ष विपना राईले राखेका थिए भने कार्यक्रमको सञ्चालन बालक्लबको संरक्षक शिक्षक रूद्र प्रभातको रहेको थियो ।

student9

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय