सुदूरपश्चिममा पनि ओली फुच्चे : प्रचण्ड
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार २२:३७:१३
१७ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई फुच्चे बनाइदिएकोमा नागरिकलाई धन्यवाद दिएका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
त्यस्तै दाहालले पूर्वी नेपालमा आयोजित विरोधसभा भन्दा पनि धनगढीमा विशाल उपस्थिति देखिएकोले ओली सडकमा पनि फुच्चे सावित भएको बताए । उनले प्रतिनिधि सभा विघटन नभएको बताउँदै केपी सरकार मात्रै भंग भएको बताए ।
‘यो मुद्धा सर्वोच्च अदालतमा छ,’ उनले भने, ‘अदालतले संविधान हेरेर निर्णय लिन्छ भन्ने विश्वास छ, अदालतमा मुद्धा नभएको भए संसद् बोलाएर ओलीलाई कारवाही गर्ने थियौँ ।’
तीन महिनाभित्रै केपी ओलीलाई परास्त गर्दै संविधानको संरक्षण गर्नेसमेत दाहालले दावी गरेका छन् । माधव नेपालसँग लोकतन्त्र र प्रजातन्त्रका लागि सहकार्य गरेको झण्डै ४० वर्ष भएको र आफूहरुको सम्बन्ध नयाँ नभएको उनले स्पष्ट पारे ।
दाहालले सशस्त्र संघर्षका क्रममा पनि नेपालमा गणतन्त्र स्थापनाका लागि माधव नेपाल र आफूबीच सहकार्य भएको बताए । दाहालले तीन वर्षअघि ओलीसंग नेकपासंगको गठबन्धन र एकताको प्रस्ताव आफूले लगेको तर उनी सकारात्मक नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार