जुवाको खालबाट गाउँपालिकाका लेखापालसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १७, २०७७ आइतबार २:१६:१२
१७ माघ, बलेवा । जिल्लाको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित छ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेका थिए । उनीहरुबाट प्रहरीले रु २३ हजार बरामद गरेको छ ।
पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादुर केसी, मोहन बस्नेत र खगेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार