ईयूले कोरोना भाइरस खोप आपूर्ति नियन्त्रण गर्ने
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १२:४:११
१८ माघ, एजेन्सी । कोरोना भाइरस खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली संघले युरोपमा बनेको कोरोना भाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरेको छ।
ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली संघसँग रहेको छ। संघले भनेको छ, ‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन।’ यो प्रतिबन्धले यूके, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन्। तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन्।
ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ। तर विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन्। वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा होमिएको अनि खोप वितरणको सुस्त गतिका कारण संघमाथि बढ्दो दबावबीच यस्तो समाचार आएको हो।
शुक्रवार युरोपेली आयोगले एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको भन्ने भनाइलाई बल पुर्याउन उक्त कम्पनीसँगको गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको थियो। नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि अनुमति लिनुपर्ने बीबीसी उल्लेखित समाचारमा जनएको छ ।
२७ सदस्य राष्ट्र भएको संघले त्यस्ता आवेदनको परीक्षण गर्न पाउने छ। फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ।सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ। फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कार्यका कारण त्यस्तो भएको जनाएको छ।
कसका लागि प्रतिबन्ध
ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध लगाएको छैन। तर तीमध्ये कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका रहेका छन्।
त्यसैगरी अन्य भूमध्यसागरीय मुलुकहरू लेबनन र इजरेल पनि प्रतिबन्धमा परेका छैनन्। निर्यात प्रतिबन्धबारे ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले प्रेस सम्मेलनमा ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताइन्। उनले त्यसका लागि सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
ईयूमा खोपको राजनीति
यो साताको शुरूमा ईयूले प्रतिबन्धको प्रस्ताव आउन लागेको सङ्केत गरेको थियो। अधिकारीहरूले त्यसलाई ‘सूचना प्रणाली’ भनेका थिए। तर बीबीसी समाचारमा जनाए अनुसार त्यो अहिले निर्यात नियन्त्रण नीतिमा परिणत भएको छ। त्यो आंशिक रूपमा जर्मनीले ईयूका मुलुकमा बन्ने खोप अन्यत्र निर्यात गर्नेबारे ईयू सरकारले निर्णय गर्न पाउनुपर्ने भन्ने अडान राखेका कारण पनि यस्तो अवस्था आएको हो।
त्यसैगरी बेल्जियममा रहेको कारखानामा कम उत्पादन भएकाले पनि माग बमोजिमको खोप उपलब्ध गराउन नसकेको भन्ने एस्ट्राजेनेकाका प्रमुखले ‘अस्पष्ट तर्क’ प्रस्तुत गरेकाले पनि यस्तो निर्णय गर्नुपरेको ईयूका अधिकारीहरूले बताएका छन् ।
निर्यात नियन्त्रणको नयाँ प्रणालीले ब्रिटिश खोप वितरणलाई प्रभावित पार्न सक्छ। फाइजरले अहिले बेल्जियममा बनेको खोप यूकेका लागि पठाउने गरेको छ। भविष्यमा फाइजरले खोप यूके पठाउन फाराम भर्नुपर्ने र निर्यात अनुमति पाएको या नपाएको थाहा पाउन ४८ घण्टासम्म कुर्नुपर्ने हुनसक्छ। निर्यात गर्न दिने कि नदिने भन्ने निर्णय ईयूसँग गरिएको सम्झौतालाई असर पर्ने या नपर्ने भन्नेमा आधारित हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार