कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सडक निर्माण शुरु
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १६:१८:५१
१८ माघ,काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार समृद्ध माछापुच्छ्रेको आधार’ को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भिरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुच्र्छे गाविसको टुसेसम्म चार किमी पक्की सडक निर्माण शुरु भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले जानकारी दिएका छन् । उनका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारको समपूरक बजेटबाट ती सडक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी विद्यालयसम्म एक र भलाबोटबाट टुसेसम्म अर्को खण्डमा विभाजन गरी काम गरिने गाउँपालिकाले जनाएको छ । भलाबोटबाट टुसे खण्डका लागि रु तीन करोड ७५ लाख लागतमा गत पुस २६ गते ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । यसै आर्थिक वर्षभित्र सो सडकखण्ड पक्की कालोपत्र गरिने गर्ने नयाँबाटो निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार वडा नं ४ को पानपाते चौताराबाट वडा नं ३ को शुक्लागण्डकी विद्यालयसम्मको एक किमी ६०० मिटर लामो सडकका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको छ । “गाउँपालिकाको कार्यालयबाट वडाका केन्द्रलाई पक्की सडक सञ्जालबाट जोड्ने गरी योजना निर्माण गरेर कार्यान्वयन शुरु गरेका छौँ”, उपाध्यक्ष दबाडीले भने, “स्तरीय सडक पूर्वाधारका माध्यमबाट गाउँपालिकावासीलाई सुविधा दिने योजना छ ।”
यसैगरी गाउँपालिकाका अधिकांश वडालाई समेट्ने गरी वडा नं २ को कोलचोकबाट, भलाबोट, लाहाचोक, भिँडाबारी, गैरीगाउँ, धिताल हुँदै धम्पुससम्मको १५ किमी सडक गत आवदेखि स्तरोन्नति काम भइरहेको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा माछापुच्छ्रेमा सडक पूर्वाधारका ठूला योजना सञ्चालनमा रहेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गत पोखरा–२५ मेलबोटबाट गाउँपालिकाको वडा नं ९ घलेलसम्मको १५ किमी सडकको काम विसं २०७५ असोजदेखि शुरु भएकामा आगामी चैत मसान्तभित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।
यसैगरी प्रदेश सरकारको प्रदेश सदरमुकामबाट स्थानीय तहका केन्द्र जोड्ने सडक कार्यक्रमअन्तर्गत पोखरा–२५ मिलनचोकबाट माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोकसम्म पाँच किमी सडक रु १० करोड लागतमा कालोपत्र गर्ने योजनाअनुसार हाल सडक फराकिलो बनाउने, नाला निर्माणलगायतका काम भइरहेको गाउँपालिका उपाध्यक्ष दबाडीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार