ओलीको रणनीतिक चाल: विप्लवसँग वार्ता
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १९:१०:३५
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली राजनीतिक रुपमा कमजोर देखिन थालेपछि रणनीतिक ढंगले अगाडि बढ्ने संकेत मिलेको छ । खासगरी पार्टी विभाजन भएपछि बहुमत आफूविरुद्ध देखेका ओलीले प्रचण्ड–माधव पक्षलाई झड्का दिन नयाँ रणनीति अघि सारेका छन् ।
हिजोसम्म माओवादीलाई सत्तोसराप गर्ने ओली पछिल्लो अवस्थामा प्रचण्डका पूर्व सहयोद्धाको मन र विश्वास जित्न अग्रसर भएको पाइन्छ । त्यसैले उनले मन्त्रिमण्डल पुनर्गठन गर्दा पूर्व माओवादी पक्षलाई खुलेर भित्र्याए । प्रचण्डसँग मतभेत बढाउन उनले छानी छानी मन्त्री बनाएका छन् । यतिले मात्र नपुगेर उनी अयोग्य ठहर भएका पूर्व लडाकू भित्रसमेत खेल्न थालेका छन् ।
प्रचण्डले वास्ता नगरेको भन्दै सबैको अभिभावक बन्न आफू तयार रहेको ओलीले उनीहरुलाई सरकारी निवासमै डाकेर भने । प्रचण्डसँगको दूरी बढाउने उनको रणनीति फेरि विप्लब समूहसँग नरम नीति लिएर थालेका छन् । यसका लागि गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई ओलीले बलियो हतियार बनाएका छन् । बादलले गएको साता नै विप्लब समूहसँग वार्ता गर्न चाहेको बताइसकेका छन् ।
यसै प्रयोजनका लागि उनले गोप्य रुपमा विप्लव समूहसँग छलफल चलाएको स्रोतले बताएको छ । यद्यपि सरकारले आधिकारिक रुपमा भने यसबारे केही बोलेको छैन । तर स्रोत भन्छ– कुरा सकारात्मक छ , विप्लबमाथि लागेको प्रतिबन्ध फुकाउनेबारे छलफल चलिरहेको छ । प्रधानमन्त्री ओली आफैं यसका लागि सकारात्मक रहेको बुझिएको छ ।
प्रधानमन्त्रीको यस्तो सकारात्मक सोच एउटा कुटील चाल मात्र हो–प्रचण्ड निकट एक नेताले भने–ओलीको चालमा अब फस्नेहरुले निकास पाउन सक्ने देखिंदैन । राजनीतिक रुपमा कमजोर देखिएका ओलीले जस्तोसुकै कदम चाल्ने भएकाले यो पनि त्यसैको एउटा रणनीति मात्र भएको ती नेताको ठम्याई छ । प्रचण्डलाई कमजोर देखाउन मात्रै ओलीले विप्लबसँग वार्ताको नाटक गरेको हुनसक्ने उनले बताए ।
ओली सरकारले २०७५ साल फागुनको अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको हो । सरकारले त्यसयता विप्लब समूहविरुद्ध सर्च एण्ट अरेस्ट अपरेसन चलाउँदै आएको छ । सोही बमोजिम अहिले करिब दुई हजार नेता कार्यकर्ता पक्राउ परेका छन् । सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलासमेत अहिले प्रहरी हिरासतमा रहेका छन् । विप्लव भने विगत तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार