सिजनको सुन्तला बेसिजनका लागि भण्डारण गर्दै किसान
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २०:११:५५
१८ माघ, काठमाडौं । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल लिन भ्याइनभ्याइ छ । बोटमै आउने व्यापारी र गाउँछेउका उपभोक्तालाई सुन्तला तौल गरेर बिक्री गर्दा दिन बित्ने गरेको किसान बताउँछन् ।
दुई वर्ष पहिला गण्डकी प्रदेश सरकारले यहाँ शीतभण्डार निर्माणका लागि रु ३० लाख अनुदान दिएको थियो । सरकारको अनुदान, किसानको श्रमदान र वडा कार्यालयको थप सहयोगमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण भईरहेको छ । सिगानामा बनेको चिस्यान केन्द्रले धेरै थोरै किसानलाई सघाएको छ ।
गत वर्ष चिस्यान केन्द्रमा राखिएको झण्डै ८ टन सुन्तला कुहिएर गयो । विधुतमा आइरहने समस्याका कारण सुन्तला कुहिएको किसानहरु बताउछन् । वैकल्पिक व्यवस्था नहुँदा बिजुली जाँदा चिस्यान केन्द्र तातेर सुन्तला कुहिएको उनीहरुको भनाई छ ।
त्यस्तै छ लाख खर्चेर जेनेरेटरको व्यवस्था गरेको नगरप्रमुख जनकराज पौडेलले बताएका छन् । ‘हामी सिगानमा सात वर्षमा दुई लाख सुन्तलाका बिरुवामा फलाएर आठ अर्ब रुपैयाँ भित्र्याउने लक्षमा छौँ’ पौडेलले भने,“किसानको अवश्यकता पूरा गर्न सधैं तयार छौँ ।” चिस्यान केन्द्रमा राखिएको सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायतका स्थानमा गर्मी समयमा बिक्री हुने गरेको छ ।
गत वर्ष सिगानाका सुन्तला किसानले दुई करोड रुपैयाँ भित्र्याइका थिए । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिँदा किसान मर्कामा परे । यो वर्ष उत्पादनमा कमी आएकाले चिस्यान केन्द्रमार्फत महँगोमा बेच्ने दाउमा उनीहरु छन् ।
यस वर्ष १० टन सुन्तला चिस्यान केन्द्रमा राखिएको किसानले बताएका छन् । वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार