मौलिक गरगहना निर्यातमा व्यवसायीकाे जोड
नेपालबहस संवाददाता
माघ १८, २०७७ सोमबार १:२४:१७
१८ माघ, काठमाडौं । सुनचाँदी तथा कला व्यवसायीले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले त्यस्ता गहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको स्वागतमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी व्यवसायीले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको उल्लेख्य सम्भाव्यता रहेको बताए ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसवाट नेपालले धेरै फाइदा लिने धारणा राख्नुभयो । अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वलरी काउन्सिलको महत्वबारे प्रकाश पार्दै व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभूषण महासंघजस्ता एउटै प्रकृतिका संघसंस्थाले आपसमा सहकार्य गरेर व्यवसाय प्रवद्र्धन गर्नुपर्ने बताए । हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले नेपाली हस्तकलाको महत्व र सम्भाब्यता उच्च रहेको भन्दै त्यसलाई विश्व बजारमा लैजान राज्यको तर्फबाट विशेष पहल हुनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?
चैत १५, २०८० बिहिबार
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?
चैत १३, २०८० मंगलबार
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
चैत १२, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार