म्यानमारमा तनाव बढेपछि एक वर्षका लागि संकटकाल
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:३०:३७
१९ माघ, एजेन्सी । म्यानमारमा सेनाले सैन्य कू गर्दै सत्ता हातमा लिएको छ । सेनाले देशमा एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी ‘एनएलडी’ की नेतृ सु कीसहित शीर्ष नेतालाई हिरासतमा लिएको केही घण्टामै सेनाले देशको शासनसत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।
जननिर्वाचित सरकार र सेनाबीच पछिल्ला केही समयता तनाव बढेपछि सैन्य कू भएको बताइएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाले देशमा एक वर्षका लागि संकटकाल समेत घोषणा गरेको छ ।
यसअघि सेनाले राष्ट्रपति विन मिन्टसहित एनएलडीकी नेतृ की लगायत केही शीर्ष नेतालाई पक्राउ गरेको थियो । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीलाई घरबाटै नियन्त्रणमा लिएको परिवारका सदस्यहरूले बताएका थिए ।
त्यस्तै नवनिर्वाचित तल्लो सदनको आज बस्ने पहिलो बैठक स्थगित गर्न सेनाले आह्वान गरेको थियो । राजधानी नायपिटो लगायत मुख्य शहरहरुमा सेनाको गतिविधि बढेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै राजधानी लगायतका केही शहरमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ । यसअघि कू हुन खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिबार सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।
गत नोभेम्बरमा सम्पन्न चुनावमा एनएलडीले सरकार गठनका लागि संसदमा आवश्यक सिट जितेको थियो । तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ । सन् २ हजार ११ सम्म सैनिक शासन रहेको म्यानमारलाई बर्माको नामले समेत चिनिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार