पोखरेल चढेको गाडीलाई अवरोध, तीन जना प्रदर्शनकारी घाइते
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:५६:१५
१९ माघ, काठमाडौं । नेकपा ओली समूहको कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीलाई अवरोध भएको छ ।
मन्त्रीहरूलाई कालोझण्डा देखाउने कार्यक्रम अन्तर्गत नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले पोखरेललाई नुवाकोटको बट्टारमा कालो झण्डा देखाउँदै गाडी रोकेर अवरोध गरेका थिए ।
पोखरेलको गाडीलाई अवरोध भएपछि ओली र प्रचण्ड–नेपाल दुवै पक्षबीच केहीबेर अघि सामान्य झडप समेत भएको छ । पार्टी विभाजनपछि ओली र प्रचण्ड–नेपाल दुवै पक्ष एकअर्काविरुद्ध आक्रामक देखिएका छन् ।
घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो, जसमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भइसकेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार