संसद भवन अगाडि नाराबाजी
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:३६:१२
१९ माघ, हेटौंडा । आजका लागि निर्धारित बाग्मती प्रदेशसभाको बैठक हिजो राति अबेर सभामुख सानुकुमार श्रेष्ठले सूचना टाँसेर आउने फागुनको पहिलो सातासम्म स्थगित गरेपछि सभा भवन अगाडि नाराबाजी भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा आज छलफल गर्ने कार्यक्रम तय भएको थियो । यसै प्रयोजनका लागि राजधानी केन्द्रित विरोध कार्यक्रम स्थगित गरी प्रदेशसभा सदस्यहरु साँझै हेटौंडा आइपुगेका थिए । तर बिहान मात्रै धेरै सांसद्हरुले स्थगन भएको जानकारी पाए ।
सरकार अल्पमतमा परेकोले राजीनामा दिनुको सट्टा बैठक नै छलेर जान खोजेको भन्दै प्रचण्ड–माधव समूहका सांसद्हरुले नाराबाजी गरे । विरोध कार्यक्रमको अगुवाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले गरेकी छन् । त्यहाँ उपस्थित सांसद्हरुले अल्पमतको सरकार राजीनामा दे भन्ने नारा समेत लगाएका छन् ।
सभामुख श्रेष्ठ सत्ताको छाँयामा परेको भन्दै शाक्यले त्यसका विरुद्ध आवाज उठाउने जानकारी दिइन् । आजै पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना धारणा प्रष्ट पार्ने पनि नेतृ शाक्यले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार