बिरामीको सुविधाका लागि घरघरमै नमूना संकलन
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १८:२७:०
१९ माघ, काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घर–घरमा पुगेर रगत, दिशापिसाबको नमूना संकलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घर–घरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त बिरामीको सजिलोका लागि अस्पतालले बिरामीको घरघरमै पुगेर रगत, दिशापिसाबको नमूना संकलनको व्यवस्था मिलाएको जानकारी दिए । “रोगले थला परेका बिरामीलाई घरमै पुगेर रगत, दिशापिसाबको रिपोर्ट लिँदा सहज हुने भएकाले ग्राण्डी अस्पतालले उक्त व्यवस्था शुरु गरेको हो,”उनले भने । कोभिड– १९ का कारण अस्पताल आउन नमान्ने बिरामीलाई समेत उक्त कार्यले सहयोग पुग्ने अस्पतालले विश्वास लिएको छ । नमूना सङ्कलन गर्न लाग्ने खर्च भने बिरामीले ई–सेवामार्फत अस्पतालको खातामा पठाउने व्यवस्था मिलाइएको छ । उक्त अस्पतालले गत महिनाबाट ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचारसमेत शुरु गरेको थियो । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि उक्त विधिबाट उपचार शुरु गरेको हो ।
अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपीन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि उक्त विधिलाई ग्राण्डीले शुरु गरेको बताए ।
ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ताको शनिबार उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।
ग्राण्डी अस्पतालले रगत अभावका कारण कोही बिरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार