अष्ट्रेलियाका सबै नागरिकलाई अक्टोबरसम्म खोप
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १९:८:६
१९ माघ, क्यानबेरा । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराइएको हो । उनले नेसनल प्रेस क्लबमा आज गरेकाे सम्बोधनका क्रममा सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले सो कार्यक्रममा बोल्दै भनेको थियो कि अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम यहाँको सरकारले बनाएको छ र मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ । यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको जानकारी पनि उनले दिएको थियो ।
त्यस सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए । सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए ।
यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी गराएको थियो ।
यस सम्बोधनका क्रममा उहाँले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिएको थियो । अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस प्रयोजनका लागि अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ । त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार