ओलीका मन्त्री धमाधम पैसा उठाउने धन्धामा
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १९:३२:३५
१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका सहयोगीहरु चुनावको मुखमा धमाधम पैसा उठाउन लागिपरेका छन् । अरु त अरु ओलीका क्याबिनेट मन्त्री नै सरकारी कार्यालयमार्फत खर्च उठाउने धन्धामा लागेको जानकारी प्राप्त भएको छ ।
ओली मन्त्रिपरिषदका कानून मन्त्री लीलानाथ श्रेष्ठले यस्तो धन्धा थालेको स्रोतको भनाई छ । मन्त्री श्रेष्ठले सिराहा जिल्लाका मालदार कार्यालयका प्रमुखहरुलाई लिखित रुपमा पत्र नै काटेर खर्च मागेको बताइएको छ ।
मन्त्री श्रेष्ठ नेकपा ओली समूहका सिराहा इन्चार्जसमेत हुन् । उनले पठाएको पत्र भने मन्त्रीको हैसियतमा नभई पार्टीको जिल्ला इन्चार्जको रुपमा रहेको छ । चन्दा दिन भनी काटिएको पत्रमा यति उति भनेर उल्लेख नगरिएको भएपनि मौखिक रुपमा उनले कमाउ अड्डाका हाकिमहरुलाई ५० हजार रुपैयाँ उपलव्ध गराउन दबाव दिएको स्रोतले बतायो ।
पत्रमा भने आज सदरमुकाममा आयोजना हुने स्व.हेमनारायण यादवको १७ औं स्मृति दिवसको उपलक्ष्यमा आवश्यक रकमको जोहो गर्न भनिएको छ । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आजै सिरहा पुग्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार