कांग्रेसद्धारा म्यानमार घटनाप्रति विरोध प्रकट
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १९:४३:१३
१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले म्यानमार घटनाप्रति विरोध प्रकट गरेकाे छ । म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा एकतावद्ध भएर निन्दा गरिएकाे हाे । सोमबार बिहान म्यानमारको सेनाले नेशनल लिग फर टेमोक्रेसी ‘एनएलडी’ की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको बिषयमाथि आफ्नो प्रतिक्रिया दिँदै कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका हुन् । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्ने शर्माको भनाइ छ । नेपाली कांग्रेसले म्यानमारको उक्त घटना प्रति विरोध प्रकट गरेको प्रवक्ता शर्माले बताए ।
गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी नेशनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ ले बहमुत प्राप्त गरेको भएपनि चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो ।
यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो । प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्वारा हल गर्न सकिने विषय भएको बताए । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने शर्माको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार