जन्मदिनको अवसरमा असहाय गाईबाच्छा संरक्षणमा सहयोग
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २०:१६:१७
१९ माघ,काठमाडौँ । जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ ।
अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय गाईबाच्छालाई रु पाँच हजार सहयोग गरेका छन् । असहाय गाईबाच्छा संरक्षण अभियानमा सबैको सहयोग हुनुपर्ने लागेर आफू संरक्षण स्थल पुगी थोरै भएपनि सहयोग गरेको उनले सुनाए ।
गोकर्णेश्वर नगरपालिका–४ मा बसोवास गर्ने नेपाल मेडिकल कलेज, जोरपाटी कर्मचारी युनियनका अध्यक्ष किरण केसीले पनि जन्मदिनको अवसरमा गाईबाच्छालाई खुवाउन खाद्यान्नको लागि नगद रु पाँच हजार सहयोग गरेका छन् ।
काँठ क्षेत्रमा गाई पाल्नेले बाच्छा जन्मिएको एक महिना पनि नबित्दै सडक, मठमन्दिर, सार्वजनिकस्थल, नदी किनारलगायत स्थानमा लगी छोड्ने गरेका छन् । गाई पनि बुढा भएपछि यसैगरी छाडिने गरेको छ । संविधानमा राष्ट्रिय जनावरको मान्यता दिइएको गाईको यो अवस्था हुँदा पनि सरोकारवाला निकाय मौन रहेकाले नागरिकस्तरबाट अभियान शुरु गरिएको अभियानले जनाएको छ ।
अभियानले हाल २०० असहाय गाईबाच्छाको संरक्षण गरिरहेको छ । घाइते, असहाय र अशक्त गाईबाच्छा उठाउन एम्बुलेन्सको समेत व्यवस्था भएकाले अभियानलाई काममा सहज भएको जनाइएको छ । त्यस्ता गाईबाच्छालाई उपचार गर्दै खाना र ओतको व्यवस्था गरिएको छ ।
राजधानीमा मात्र नभई मुख्य–मुख्य शहर एवं भारतसँग सीमा जोडिएका जिल्लामा पनि असहाय गाईबाच्छाको सङ्ख्या सडकमा बढेको देखिएकाले सरोकारवाला निकायको ध्यान जानुपर्ने संरक्षण अभियानकर्मीको माग छ । स्थानीय सरकारले गाईपालक किसानको सूची तयार गरी बाच्छा जन्मिएको अभिलेख राख्ने व्यवस्था गरेर नियमित अनुगमन गरे यो समस्या कम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार