हुम्लाको सर्केगाड गाउँपालिकामा कर्मचारी छैनन
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार १:१६:३०
१९ माघ, सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा दलित एकता स्वतन्त्र सञ्जालको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका–१ देखि वडा नं ८ सम्म रहेका दलित समुदायका व्यक्तिले उक्त भेलामा उपस्थित भएर आफ्नो अधिकारका विषयमा सरोकारवाला निकायलाई पूर्ण कायान्वय गराउने प्रतिबद्धता जनाएका छन् ।
सम्पूर्ण दलितले आफ्नो हकअधिकारको संरक्षण गर्न र सरोकारवालालाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन गराउन गाउँपालिकास्तरीय आम भेलाको आयोजना गरेको वडा नं ३ का गम्भीर नेपालीले जानकारी दिए ।
प्रत्येक बस्तीबाट दलित समुदायका घरको एक व्यक्ति उपस्थित भएको वडा नं ७ का नन्दलाल विकले बताए। उनले भने, “यो विशाल ¥याली कुनै राजनीतिक आस्थाका आधारमा नभएर दलितका समग्र अधिकार संरक्षण र उपभोगका लागि सरोकारवालालाई ध्यानाकर्षण गराउन र दलितलाई जागरण गराउनका लागि गरिएको हो ।”
यस्तै सोही गाउँपालिका वडा नं ४ का वडा सदस्य धन सुनारले दलितका अधिकार नेपालको संविधान र कानूनमा मात्र सीमित रहेको तर गाउँठाउँमा यो पटक्कै लागू नभएको बताए । गाउँपालिकामा अहिलेसम्म एक पनि दलित कर्मचारी छैनन् । “सम्पूर्ण क्षेत्रको सहभागिताको सुनिश्चितता गराउनका लागि हामीले लगभग ३०० जना दलितको उपस्थिति गराएर यो आमभेला गरेका छौँ”, उनले भने ।
भेलापछि धनलाल विकको संयोजकत्वमा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । यसैगरी १९ सदस्यीय सल्लाहकार समिति, १७ सदस्यीय अनुगमन समिति र आठवटै वडामा वडा समितिसमेत गठन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार